नेकपा एकीकृत समाजवादीले २ हजार ५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
समितिको संयोजक पार्टी अध्यक्ष माधवकुमार नेपाल रहेका छन्। समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय परिषदका पदाधिकारी एवम् सदस्यहरू र पार्टी प्रदेश कमिटीका पदाधिकारीहरू रहनेछन्।
त्यस्तै, पार्टी महासचिव बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन भएको छ। सचिवालयमा पार्टी उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेललगायत छन्।