धनगढीमा आज सत्ता गठबन्धनले भेला गरेका छन्।
भेलामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी छन्।
सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन सत्ता गठबन्धनले भेला गरेका हुन्।
यसअघि गठबन्धनले अन्य ५ वटा प्रदेशमा भेला गरिसकेका छन्। भेला मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीमा केन्द्रित छ।
सत्ता गठबन्धनमा 'मत ट्रान्सफर' हुन्न कि भन्ने चिन्ता गठबन्धनका शीर्ष नेताहरूले भाषणमा अभिव्यक्त गर्ने गरेका छन्।
उनीहरूले भावनात्मक र राजनीतिक रूपमा गठबन्धनका दलहरूबीच सम्बन्ध सुमधुर बनाउन भेला तथा प्रशिक्षण गरिरहेका छन्। आजै कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनको भेला छ।
तस्बिरहरू: