सत्ता गठबन्धनका शीर्ष नेताहरूले उम्मेदवारहरू सम्बन्धी विवाद छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत् निष्कर्षमा पुर्याउने बताएका हुन्।
‘केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहादपूर्ण व्यवहार गर्ने सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सत्तारूढ दलले देशभरि क्षेत्र बाँडफाँट गरे पनि विभिन्न ठाउँमा विभिन्न दलका नेताले बागी र स्वतन्त्र उम्मेदवारी दिएका छन्।