नेपाली कांग्रेसले पाँच वर्षमा साढे १२ लाखलाई रोजगारी दिने घोषणा पत्रमा उल्लेख गरेको छ।
नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणा पत्रमा अबको पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको हो।
यस्तै न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने पनि घोषणा पत्रमा उल्लेख छ।
अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५.६ प्रतिशतबाट ९ प्रतिशतमा पुर्याइने कांग्रेसले जनाएको छ।
विदेशबाट फर्किएका युवालाई ‘अबको जीवन स्वदेश’ मै नीति अन्तर्गत विदेशमा हासिल गरेका सीप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संलग्न गराउन प्रेरणा र प्रोत्साहनको कार्ययोजना बनाइने प्रतिबद्धता जनाएको छ।