नेपाली कांग्रेसका नेता रमेश लेखकले जोगबुढा नदी कटानबाट जोखिममा रहेका बस्तीलाई बाँध बाँधेर सुरक्षित बनाइने बताएका छन्।
बाँध बाँधेर नदी कटान रोक्ने र बस्ती जोगाउने उनको भनाइ थियो। पाँच वर्षभित्र बाँध बाँध्ने काम गर्न नसके अर्को चुनावमा भोट माग्न नआउने उनले बताए।
कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकले आज दोधारा चाँदनी नगरपालिका १० मा आयोजित कार्यक्रममा भने, ‘हामीलाई जिताएर पठाउनुहोस्, यहाँको नदी कटानका समस्या समाधान हुन्छ। यहाँको नदी कटान नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गर्दछु।’