नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्।
नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए।
मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन्।
उनका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालालाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको छ।
‘उहाँ चुनावी कार्यक्रममा सहभागी हुँदा बेहोस हुनुभएको हो। मेडिकल कलेजमा उपचार भइरहेको छ, उहाँको अवस्था सामान्य छ,’ उनले सेतोपाटीसँग भने।
कोइरालाको होस फर्किसकेको छ।