नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र विकासलाई गति दिन गठबन्धन गरिएको बताएका छन्।
नुवाकोट दरबार परिसरमा आज भएको कार्यक्रममा बोल्दै उनले कुनै नेता कुनै क्षेत्रबाट जित्न सजिलोका लागि मात्रै गठबन्धन नगरिएको बताए।
‘कुनै व्यक्ति जित्नभन्दा पनि यो गठबन्धन संविधान रक्षा र विकासलाई गति दिनका लागि बनेको हो,’ उनले भने, ‘कुनै नेताका हितमा भन्दा पनि राष्ट्रहितमा राखेर विकासलाई गति दिन गठबन्धनका उम्मेदवारले जित्नुपर्दछ।’
जनताका अघि आफूले र आफ्नो पार्टी वा गठबन्धनले के गर्न चाहेको छ भन्ने एजेन्डा राम्रोसँग राख्नुपर्ने पनि बताए। विरोधीहरूलाई गाली गर्न नहुने उनको भनाइ थियो। मंसिर ४ को चुनावका लागि केसी सत्ता गठबन्धनबाट नुवाकोट २ मा उम्मेदवार छन्।