काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराई र नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यबीच भेट भएको छ।
चुनावी अभियान रहेकी मानुषीले आज बिहान अष्टलक्ष्मीसँग भेटेकी हुन्। अष्टलक्ष्मी काठमाडौं ७ की बासिन्दा हुन्। आफ्नो क्षेत्रको मतदातासमेत रहेकी अष्टलक्ष्मीसँग मानुषीले भेटेर कुराकानी पनि गरेकी थिइन्।
भेटमा अष्टलक्ष्मीले देश बनाउने हो भने सबै मिलेर जानुपर्ने बताएकी थिइन्।
‘हामी नमिलिकन सुखै छैन। अलगअलग भएर, गालीगलौजबाट हुन्न। गणतन्त्र र समाजवाद साझा हो, यथास्थितिमा बसेर पनि हुन्न,’ अष्टलक्ष्मीले भनिन्, ‘देश बनाउने हो भने मिलेर जानुबाहेक उपाय छैन।’
मानुषीले अष्टलक्ष्मीलाई प्रेरणाको स्रोत भएको बताएकी थिइन्।