नेकपा माओवादी केन्द्रले काठमाडौँ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र प्रदेशससभा तर्फको उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेको छ।
माओवादीले क्षेत्र नम्बर ३ को प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। सत्ता गठबन्धनको सिट बाँडफाँटमा त्यस क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसकोतर्फबाट सन्तोष चालिसेले उम्मेदवारी दर्ता गरेका छन्।
काठमाडौं-३ मा माओवादी केन्द्रबाट बद्री बजगाईँले उम्मेदवारी दिएका थिए। यता, प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए । प्रदेशसभाको ख मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा हुने माओवादीको विज्ञप्तिमा उल्लेख छ।