निर्वाचन आयोगले एक सय वटा मतदान केन्द्र अपाङ्गमैत्री हुने बताएको छ।
१०० मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने आयोगले निर्णय गरेको हो।
यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल निर्माणलगायतको व्यवस्था गरिनेछ।
साथै ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण पनि गरिने बताइएको छ।
अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने आयोगले जनाएको छ।