नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनताका समस्यालाई निर्भीक ढंगले उठान गर्ने बताएका छन्।
सत्ता गठबन्धनबाट काठमाडौं ५ मा प्रतिनिधि सभा उम्मेदवार रहेका पौडेलले मतदाताहरूसँग बाचा गर्दै जनताका समस्या निर्भीक ढंगले उठान गर्ने बताए।
निर्वाचन क्षेत्रमा आज भएको कार्यक्रममा बोल्दै उनले भने, ‘ तपाईंहरूले मलाई मत दिएर जिताउनुभयो भने म संसदमा पुगेर निर्भीक भएर बोल्नेछु। तपाईँहरूका समस्या निर्भीक भएर उठाउँछु।’
उनले काठमाडौं ५ मा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि आफूले काम गर्ने बताएका थिए। उनले बौद्धिक वर्गलाई नेपालमै राख्न आफूले भूमिका खेल्ने पनि बताए।