नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद वली पक्राउ परेका छन्।
सो पार्टीको नवलपरासी इन्चार्ज समेत रहेका वलीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको पार्टीले जनाएको छ।
वलीलाई निर्वाचन बहिष्कार सम्बन्धित प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।