नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति लक्षित गर्दै कटाक्ष गरेका छन्।
उनले शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै ढिकुर पोखरीमा जन्मिएका प्रचण्डको चकाचौंध भएको बताएका हुन्।
‘ढिकुर पोखरीमा जन्मिएको दाहालको छोराको चकाचौंध हेर्नुस् त! ढिकुरेको चकाचौंध। यसरी नेपाली जनता लुट्न पाइन्छ?,’ उनले भने, ‘मैले लुट्न नदिएपछि मलाई छोडेर कहाँ भाग्यो प्रचण्ड भनेको त कांग्रेसको पिँढीमा बास बस्न गएका रहेछन्।’
यस्तै उनले प्रचण्डका नातेदारहरू सुकुम्बासीबाट जमिनदार देखि उद्योगपति सम्म भएको टिप्पणी गरे।
‘सुकुम्बासी प्रचण्डका सुकुम्बासी नातेदारहरू जमिनदार भएका छन् आज। केही पनि नभएका मान्छे आज उद्योगपति भएका छन्। केही पनि नभएका आज ठेकेदार भएका छन्,’ उनले भने, ‘केही पनि नभएकाहरूले आज अनेक विजनेश चलाएका छन्। प्रचण्डका भान्जाले पशुपति शमशेरको नेपाल ग्यास किनेर आफ्नो बनाएका छन्। कठै बरी!’