वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने भएकाे छ।
अभियानकाे केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएकाे अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए।
'हामीले केन्द्रीय कमिटीकाे बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छाैं,' अभियानका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका अर्यालले भने।
'रूपन्देहीको विकासमा विष्णु पाैडेलकाे भूमिका कसैले पनि अवमूल्यन गर्नु हुँदैन त्यसैले हामीले याे निर्णय लियाैं',अर्यालले थपे।