नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति टिप्पणी गर्दै सातुको डल्लोको संज्ञा दिएका छन्।
स्याङ्जामा आज भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले परमादेशबाट अहिलेको सरकार बनेको र यो अस्थायी भएको बताए।
‘यो गठबन्धन सातुको डल्लो हो। पानी हालेर यसो जोडेको होला परमादेशले। पानी सुकेपछि यो भस्याकभुसुक हुन्छ,’ ओलीले भने, ‘यो मिलेमतोको सरकार, खुद्रा पसल अब चल्दैन।’
उनले संसदबाट नसकेर अदालतबाट अहिलेको सरकार बनेको पनि बताएका थिए।
उनले एमालेले गुमेको भू-भाग फिर्ता ल्याउने पनि दाबी गरेका थिए। उनले प्रमाणहरू अगाडि राखेर वार्ता गरेर गुमेको भूमि फिर्ता ल्याउने पनि बताएका थिए।
भिडिओ: