काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन्।
सिंहलाई आज समर्थन गर्दै लिम्बूले आफ्नो उम्मेदवारी निस्कृय बनाएको घोषणा गरेका छन्।
‘यो क्षेत्रलाई अझै प्रकाशमानको आवश्यकता छ भन्ने महसुस गरेर मैले आफ्नो उम्मेदवारी निस्कृय बनाएको छु,’ उनले भने।
सिंहलाई यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवारी दिएका प्रकाश नायजुले पनि समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएका थिए।