सत्ता गठबन्धनले शनिबार चितवनमा आमसभा गर्ने भएका छन्।
लोकतान्त्रिक वाम गठबन्धनले गर्ने चुनावी आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको चितवन कांग्रेसले जनाएको छ।
आमसभालाई सम्बोधन गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि चितवन जाने भएका छन्।
कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले शनिबार चितवनमा चुनावी आमसभा गरिने बताए। आमसभा भरतपुरमा हुनेछ।