सत्तारुढ गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निस्कृय पार्न आग्रह गर्ने भएका छन्।
सत्ता गठबन्धनमा रहेका दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धन भित्रका बागीको उम्मेदवारी निस्कृय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शनिबार भएको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले सत्ता गठबन्धनमा आबद्ध उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्कृय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो।
सचिवालयका सदस्य सुरेश आचार्यले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धैरैभन्दा धेरै ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन गठबन्धनका बागी उम्मेदवारलाई निस्कृय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिएको बताए।
बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई ध्यानाकर्षणसमेत गरेको छ।
नेकपा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसबारे निर्वाचन आयोगलाई सचेत गराउने बैठकले निर्णयसमेत गरेको छ।