मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले समर्थन गरेका छन्।
२७ वर्षीय खड्काले आज कोइरालालाई समर्थन गर्दै उम्मेदवारी निस्कृय बनाए।
उनले आजदेखि कांग्रेस उम्मेदवारका पक्षमा सक्रिय भई चुनाव प्रचारमा लागेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
समग्र क्षेत्रको विकासका लागि कोइरालालाई आफूले समर्थन गरेको उनले बताएका छन्।
यसअघि शेखरलाई बहुजन पार्टीबाट उम्मेदवारी दिएका नारायण पासवानले पनि समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएका थिए।