नेकपा माओवादी केन्द्रले स्वतन्त्र उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको भन्दै मधेश प्रदेश कमिटी सदस्य शिवपुजन यादवसँग स्पष्टीकरण मागेको छ।
स्वतन्त्र उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको र गठबन्धनको पक्षमा कुनै किसिमको गतिविधिमा संलग्न भएको नपाइएकोले उनलाई पार्टीले २४ घण्टाभित्र लिखित जवाफ बुझाउन भनेको हो।
अन्यथा अनुशासनको कारबाही गर्ने मधेश प्रदेशका इन्चार्ज गणेश साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शिवपुजन रायकी छोरी मधुमाला राय सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार छिन्। शिवपुजन अहिले उनकै लागि मत मागिरहेका छन्।