काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले संविधान जोगाउनका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएकी छिन्।
काठमाडौंको कोटेश्वरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले जनताले रगत बगाएर बनेको संविधानको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताइन्।
‘मेरो जित व्यक्तिको मात्रै जित हुने छैन। यो जीत असत्यविरुद्ध जित हुनेछ। संविधानको रक्षकको जित हुनेछ। संविधान निर्माणका लागि जनताले बगाएको रगत र पसिनाको जित हुनेछ,’ उनले भनिन्।
संविधान र व्यवस्था मास्न खोज्ने शक्तिलाई निर्वाचनमा पराजित गर्नुपर्ने घर्तीले बताइन्।
आफ्नो प्रतिवद्धता पत्र पेश गर्दै उनले गणतन्त्र र संघीयतालाई सुदृढ बनाउनुका साथै जनताको जीवस्तर सुधारका लागि कानुन बनाउने उनले बताइन्।
महिला हिंसा न्युनीकरण र संविधानको रक्षा तथा समृद्धि आफ्नो प्रमुख एजेण्डा हुने उनले बताइन्।