दाङ क्षेत्र नम्बर २का उम्मेदवार शंकर पोखरेलविरूद्ध पनि भ्रामक फोटो सार्वजनिक भएको छ।
सेतोपाटी मिडियाको दुरूपयोग गरी पोखरेलविरूद्ध शनिबार फोटो सार्वजनिक भएको हो।
‘चुनाव जित्न हरेक वडामा १० लाखका दरले पैसा बाँड्न शंकर पोखरेलको निर्देशन’ शीर्षक राखिएको भ्रामक फोटो सार्वजनिक भएको हो।
सेतोपाटीमा उनीविरूद्ध कुनै पनि प्रकारको समाचार प्रकाशन भएको छैन।
यसअघि शनिबार बिहान पनि सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिका लगायत विभिन्न मिडियाको दुरूपयोग गरी विभिन्न तस्बिरहरू सार्वजनिक भएका छन्।
यस्ता भ्रामक फोटोहरू सार्वजनिक भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति समेत जनाएको छ। यस्ता काममा संलग्नलाई कारबाही समेत गर्न माग गरेको छ।
निर्वाचन आयोगले पनि यसबारेमा अनुसन्धान गर्न फेसबुकको मेटा कम्पनी र नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराएको छ।
यी पनि: आयोगले गरायो मेटा र साइबर ब्युरोलाई मिडियाको दुरूपयोग गरी भ्रम फैलाएकोबारे जानकारी
कांग्रेस-माओवादीको संयुक्त वक्तव्य- दुई पार्टीबीच फाटो गराउन खोजियो, भ्रमपूर्ण सूचनामा विश्वास नगर्नू