प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभरि मतदान सुरू भएको छ। अहिले विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो निर्वाचन क्षेत्रबाट मतदान गरिरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर-१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन्।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा माओवादी नेतृ पम्फा भुसालले ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरेकी छन्।
नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतकाे गुर्भाकाेटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकाेट-८ स्थित सूर्यज्याेति मावि मेहलकुनाबाट मतदान गरेका हुन्।काठमाडौ क्षेत्र नं ३ स्थित चाबहिल महाकाल मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका छन्।
शेरबहादुर तामाङले मेलम्ची ११ को जागेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतीदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्ट कैलालीको क्षेत्र नं ४ मा मतदान गरेका छन्। पर्वतको मोदी गाउँपालिकास्थित– ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदानबाट मतदान गरेका छन्।
योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
चितवन क्षेत्र नं. १ प्रतिनिधि सभाका उमेदवार सुरेन्द्र पाण्डेले राप्ती-५, भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरेका छन्।
एमालेबाट प्युठानका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापाले गृह गाउँ सौतामारेमा मतदान गरेका छन्।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।
हेर्नुस् तस्बिरहरू: