सिराहामा मतपेटिका कहाँ राख्ने भन्नेबारे दुई पक्षबीच विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार कर्जन्हा नगरपालिकाको वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा मत पेटिका कहाँ राख्ने भन्ने विषयमा जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिबीच विवाद बढेर हात हालाहालको स्थिति भएको थियो।
‘मतदान सुरू हुनुभन्दा अघि नै मतपेटिका कहाँ राख्नेबारे उहाँहरूबीच विवाद भएर हात हालाहालको अवस्था आएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको हो,’ कवारीले भने,‘अहिले जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।’