नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
बिहान साढे १० बजे पौडेलले आफैंले आफैंलाई मतदान गरेका हुन्।
रूपन्देही क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सघाएको छ।
यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए। रूपन्देही-२ मा पौडेल र थापाबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ।
निर्वाचनले मुलुकमा स्थायित्व, अग्रगति र प्रगतितर्फ लैजाने भन्दै विगतका तितामिठा अनुभवबाट शिक्षा लिएर देशलाई समृद्धितर्फ लिएर जाने निष्कर्ष यो निर्वाचनले दिने बताए।
आम मतदाताका सहभागिता पनि उत्साहपूर्वक रहेको उनले बताए।