निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय मतदान स्थगनको कुनै पनि सूचना टाँस नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य सुचारू गर्ने र साँझ ५ बजेसम्म मतदान स्थगनको कुन पनि सूचना टाँस नगर्नको लागि सबै मतदान अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएका हुन्।
अहिले कतिपय निर्वाचन क्षेत्रका मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य स्थगित भइरहेको समाचार आइरहेका छन्। यसैगरी कतिपय ठाउँमा भने कर्मचारीको लापरबाहीको कारण मतदान स्थगन हुन पुगेको छ।