बाजुरामा केही स्थानमा बाहेक अन्य मतदान केन्द्रमा मतदान जारी छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पाँच ठाउँमा बाहेक जिल्लाभर मतदान शान्तिपूर्ण तरिकाले भइरहेको बताए।
केही ठाउँमा दलहरूबीचको विवाद र फर्जी मतपत्र भेटिएको भनिएपछि मतदान केही समयका लागि स्थगित गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक इन्द्र बोगटीका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ८, बुढीनन्दा गाउँपालिका वडा नम्बर ३ र ५, स्वामिकार्तिक गाउँपालिकाको ३ र ४, त्रिवेणी गाउँपालिका ७ तथा खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर –१ र जगन्नाथ गाउँपालिका ४ को मतदान स्थलमा मतगणना स्थगित भएको थियो।
काडा मतदान केन्द्रमा झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको थियो।
यीमध्ये त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, ३, ७, बुढीनन्दा नगरपालिका– ५ र बुढीगंगा नगरपालिका–८ मा मतदान सुचारू हुन बाँकी छ।
ती स्थानमा मतदान सुरू गर्न छलफल भइरहेको अधिकारीले जानकारी दिए।