नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलको उम्मेदवारी रहेको झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरू हुने भएको छ।
मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए।
भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिने उनले सेतोपाटीलाई बताए।
झापा क्षेत्र नम्बर १ मा शान्तिपूर्ण रूपमा मतदान सकिएको र अहिले मतपेटिका संकलनको काम भइरहेको अधिकृत महतले बताए।