आइतबार स्थगित भएका ठाउँमा दुई दिन भित्र मतदान हुने भएको छ।
निर्वाचन आयोगले मतदान स्थगित भएका १५ स्थानमा दुई दिन भित्र मतदान गर्ने जानकारी दिएको हो।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका मतदान केन्द्रमा मतदान गरिने बताए।
आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म ६१ प्रतिशत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए। सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ।
यो मत आयोगले अपेक्षा गरेको भन्दा पनि कम भएको आयुक्त थपलियाले बताए।