निर्वाचन आयोगका अनुसार आइतबार १५ वटा मतदान केन्द्रको मतदान स्थगन भएको छ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका कुल १५ मतदान केन्द्रमा विभिन्न कारणले मतदान स्थगित भएको बताएका छन्।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य आठ स्थानसमेत गरी १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले मतदान स्थगित भएका १५ स्थानमा दुई दिनभित्र मतदान गर्ने जानकारी दिएको छ। आयोगका अनुसार आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ।