झापामा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ।
अर्जुनधारा नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट मतगणना सुरू भएको हो।
६ ठाउँमा प्रतिनिधिसभा तर्फको मतगणना सुरू भएको निर्वाचन कार्यालय अर्जुनधाराले जनाएको छ।
२ हजार मतपत्र गणना गरेपछि मात्र प्रारम्भिक नतिजा सार्वजनिक गरिने निर्वाचन अधिकृत केशव राज पन्तले बताए।
यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट देवराज घिमिरे, लोकतान्त्रिक संयुक्त वाम गठबन्धनका साझा उम्मेदवार हरिकुमार राना, स्वतन्त्र भद्र प्रसाद नेपाल (स्वागत) लगायतको उम्मेदवारी रहेको छ।
झापाका अन्य चार निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ।
बैठकको निर्णयपछि अन्य निर्वाचन क्षेत्रको पनि तोकिएको ठाउँबाट मतगणना सुरू हुने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले बताए।