झापा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना केहीबेरमा सुरू हुने भएको छ।
सोमबार बिहान २ घन्टा लामो सर्वदलीय छलफलपछि बिहान ११ बजेदेखि मतगणना सुरू हुने निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश र संघ अन्तर्गका प्रत्यक्ष समानुपातिक तर्फको मतपत्र अलग-अलग स्थानमा एकैपटक गणना हुने कार्यालयले जनाएको छ।
४ दिन सम्ममा अन्तिम मत परिणाम आइसक्ने गरी तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
झापा ४ मा मुख्य गरेर नेकपा एमालेका एलपी साँवा लिम्बू र नेपाली कांग्रेसका देउकुमार थेवेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।