झापा-१ को दिउँसो १ बजेदेखि मेची नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरू हुने भएको छ।
सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीले गर्ने जनाएको छ।
मतपत्र गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
झापा १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।