रूपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरू भएको छ।
बिहान सर्वदलीय बैठक बसी मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालय कोटहीमाई गाउँपालिकाको भवनमा मतगणना सुरू भएको हो।
बिहान साढे नौ बजेदेखि मतगणना सुरू गरिए पनि प्रारम्भिक मतपरिणाम पनि सार्वजनिक भइनसकेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए।
प्रतिनिधिसभा सदस्यका लागि ७७ हजार ६४ मत खसेको सो क्षेत्रमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका प्रमोद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र जसपाका ओमप्रकाश यादवबीच मुख्य प्रतिष्पर्धा छ।
उक्त क्षेत्रमा १ लाख १० हजार ६ सय ६९ मतदाता रहेका थिए। रूपन्देहीको क्षेत्र नम्बर २ मा ११ बजेदेखि मतगणना सुरू हुँदैछ।