सप्तरी क्षेत्र नं २ का दुवै प्रदेश सभामा सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ।
सप्तरी क्षेत्र नं २ को प्रदेश कमा जनमत पार्टीले ७ सय ३१ मत पाएको छ। जसपा र लोसपा दुबैले समान १ सय १५२ मत ल्याएका छन्।
प्रदेश ख मा पनि जनमत पार्टीले नै अग्रता लिएको छ। जनमत पार्टीले ५ सय ३७ मत पाएको छ। दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ३ सय ८ र जसपाले १ सय ८३ मत ल्याएको छ।
प्रतिनिधि सभातर्फ पनि त्यहाँ जनमत पार्टीका सिके राउत फराकिलो मतान्तरसहित अगाडि छन्।