कैलालीमा रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीले दुई ठाउँमा सुरूआती अग्रता लिएको छ।
कैललाी क्षेत्र नम्बर १ र ३ मा मतपरिणाम हेर्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको अग्रता देखिएको छ।
कैलाली क्षेत्र नम्बर १ मा ६०१ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरीले २६९ मतसहित अग्र स्थानमा छिन्।
उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन्। अहिलेसम्म रामजनमको १६० मत छ। एमालेका तपेन्द्र रावलले ८४ मतका साथ तेस्रो स्थानमा छन्।
यस्तै, कैलालीमा क्षेत्र नम्बर ३ को पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ४ सय मत पाएर अग्रता लिएका छन्।
सो ठाउँमा माओवादी पार्टीका उम्मेदवार कृष्णकुमार चौधरी ३ सय मत पाएका छन् भने एमालेका गौरीशंकर चौधरीले २ सय ५० मत पाएका छन्। यस्तै राप्रपाका वीरेन्द्र बलले पनि २ सय ५० मत नै पाएका छन्।