रूपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको मत गणना जारी छ। प्रारम्भिक मत परिणामअनुसार उक्त क्षेत्रमा जनमत पार्टीका कैलाश गुरूङले अग्रता लिएका छन्।
४ सय मत गणना गर्दा गुरूङले ९१ मत ल्याएका छन्। त्यस्तै एमालेका छविलाल विश्वकर्मा र नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले समान ८४/८४ मत ल्याएका छन्।
त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ६३ ल्याएका छन्।
कूल १ लाख ३९ हजार ५६० मतदाता रहेको रूपन्देही १ मा ९५ हजार ९ सय ८७ मत खसेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए।