नेकपा (एकीकृत समाजवादी) पार्टीले जारी मतगणनामा अहिलेम्म ४ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
समाजवादीले सल्यानमा फराकिलो अन्तर कायम गरेको छ। समाजवादीका प्रकाश ज्वालाले १४ सय ५७ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी राजेन्द्रबहादुर साहले ९ सय ५८ मत ल्याएका छन् भने एमालेका उम्मेदवार राजेन्द्रवीर रायले ३ सय ९५ मत ल्याएका छन्।
एकीकृत समाजवादीले धादिङ- १ र दाङ- १ मा अग्रता लिएको छ। धादिङ- १ मा समाजवादीका राजेन्द्र पाण्डेले १ सय ९९ मत ल्याएर अग्रता कायम गरेका हुन्।
पाण्डेका प्रतिद्वन्द्वी एमालेका भूमि त्रिपाठीले १ सय ६३ मत ल्याएका छन्।
दाङ- १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले ८९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी शान्ता चौधरीले ५० मत ल्याएकी छिन्।
दैलेख-१ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन्। १ हजार ७९३ मत गन्दा एकीकृत समाजवादीका थापाले ८२३ मत ल्याएका छन्।
एमालेका रवीन्द्रराज शर्माले ८०४ मत ल्याएका छन्। राप्रपाकी महामन्त्री कुन्ती शाहीले ५१ मत पाएकी छन्।