नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्।
अहिलेसम्म १८०० मत गणना गरिएको छ।
कांग्रेसका चौधरीले ८०० मत ल्याएका छन्।
यहाँ जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५०० मत ल्याएका छन्। यहाँ नेकपा एमालेले हृदयेशलाई सहयोग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले २००, राप्रपाका उम्मेदवार भोजराज ढकालले ११६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हफिजुल्लाह अन्सारीले १०० मत ल्याएका छन्।
मतगणना जारी छ।