काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले आफ्नो अग्रता कायमै राखेका छन्।
अहिलेसम्म २ हजार २ सय ६ मतगणना भएकोमा कांग्रेसका पौडेलले ६ सय २ मत ल्याएका छन्।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल १ सय १० मतले पछाडि छन्। पोखरेलले ४ सय ९२ मत पाएका छन्। २०७४ को निर्वाचनमा पोखरेलले सोही क्षेत्रबाट जितेका थिए। २०६४ र २०७० मा भने उनी पराजित भएका थिए।