कैलाली-५ मा मतगणना कार्य आजलाई नहुने भएको छ।
सोमबार बिहानैदेखि गणनाको तयारीका लागि सर्वदलीय बैठक बसेको थियो।
बैठकमा गठबन्धनका तर्फबाट प्रत्येक वडाको पेटिका एक/एक गरी गनिनुपर्ने भन्ने भनाइ आयो।
सुरूमा मुख्य निर्वाचन अधिकृतले यसो गर्न सहमत नभएपछि विवाद भयो। पछि यो विषयमा सहमति गर्न खोज्दा एमाले र अन्य साना दलले आपत्ति जनाए।
निर्वाचन कार्यालयले धनगढीले भोलि बिहान ८ बजेदेखि मतगणना सुरू गर्ने भन्दै विज्ञप्ति निकालेको छ।
‘मतगणनास्थलमा आफ्ना प्रतिनिधि राख्न चाहेमा एक घण्टा पहिले नै मुख्य निर्वाचन अधिकृत समक्ष उपस्थित हुनुपर्ने, यदि गणना सुरू हुँदासम्म उपस्थित नभए पनि गन्न सुरू गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।