रूपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) अग्रता कायम राखेको छ।
उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ २१०० मतगणना हुँदा रास्वपाका गणेश पौडेलले ७९८ मत ल्याएका छन्। उनले एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पछाडि पारेका छन्। पौडेलले ७०७ मतले पछ्याइरहेका छन्।
तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) ले ५२५ मत प्राप्त गरेका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ। क्षेत्र नं. २ को मतगणना कार्य निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा भइरहेको छ।
कूल १ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नं. २ मा ८१ हजार २०२ मत खसेको निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए।