मकवानपुर क्षेत्र नं २ मा नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्।
खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मत ल्याएका छन्।
यसअघि बर्तौलाले यो क्षेत्रमा अग्रता लिइरहेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन्।
यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए।