सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो र सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवबीच कडा टक्कर देखिएको छ।
प्रारम्भिक मतगणनाअनुसार लोसपाका राजेन्द्र महतोले ४ सय ५ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवले ४ सय २४ प्राप्त गरेका हुन्।
एमालेका राजनारायण साहले १०८ मत ल्याएका छन्। मतगणना जारी छ।