कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले सुरूआती देखि नै फराकिलो अन्तरले अग्रता कायम गरेका छन्।
८ हजार ८ सय ९६ मत गणना गर्दा उनले २ हजार ८ सय ३५ मत प्राप्त गरेका छन्।
यस्तै, माओवादीका कृष्णकुमार चौधरीले १ हजार ८ सय ८३ मतले दोस्रो स्थानमा छन्। राप्रपाका वीरेन्द्र बलले १ हजार ६ सय ९४ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमालेका गौरीशंकर चौधरीले भने १ हजार ६ सय १८ मत प्राप्त गरेका छन्।