प्रतिनिधिसभा सदस्य निर्वाचनकाे पछिल्लो मत गणनाअनुसार रूपन्देही-३ मा गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले अग्रता कायम राखेका छन्।
अहिलेसम्म एक हजार एक मत गणना हुँदा कांग्रेसका नेतासमेत रहेका खाँणले ४५९ मत प्राप्त गरेका छन्।
उनका निकट प्रतिद्वन्द्वी राप्रपाका दीपक बाेहराले ३५८ मत पाएका छन्। याे क्षेत्रमा ९३ हजार ५६७ मत खसेकाे छ।