गुल्मी २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।
सोमबार राति साढे ९ बजेसम्म विष्टले १६७७ मत पाएका हुन्। यो मत ३ हजार ३२१ मतगणना हुँदा प्राप्त भएको हो।
यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाक्रीले एक हजार ३१६ मत पाएकी छन्।
विष्ट ३६१ मतले अगाडि छन्। यसअघि झाक्रीले मतान्तर कम गरिसकेकी थिइन्। तर विष्टले पुन: मतान्तर फराकिलो बनाएका हुन्।
विष्ट गुल्मी २ बाट ३ पटक निर्वाचित भइसकेका छन्।