प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाली कांग्रेसले हालसम्म ९ हजार ७ सय ६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८ हजार ६ सय १६ मत ल्याएको छ।
तेस्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ६ हजार ४ सय १३ मत प्राप्त गरेको छ।
चौथो स्थानमा माओवादी केन्द्र छ। माओवादी केन्द्रको ३ हजार ३ सय मत छ।
पाँचौ स्थानमा राष्ट्रय प्रजातन्त्र पार्टी छ। उसले ३ हजार २ सय ८७ मत ल्याएको छ। अन्य दलहरूले हजार मत कटाएका छैनन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सँगसँगै समानुपातिकतर्फ पनि मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो।
आयोगको निर्देशनपछि विभिन्न जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत जारी छ।