रूपन्देही क्षेत्र नंं १ मा प्रतिनिधिसभा सदस्यतर्फ नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले अग्रता लिएका छन्।
२६५३ मत गणना गर्दा चौधरीले ६८३ मतसहित अग्रता लिएका हुन्। चौधरीलाई एमालेका छविलाल विश्वकर्माले ५२४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै जनमत पार्टीका कैलाश गुरुङले ५०२ मत ल्याउँदा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसालले ४११ मत ल्याएका छन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाई क्षेत्रीले १७७, हाम्रो नेपाली पार्टीका विशाल बाँस्कोटाले १३ र चापाकल चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले ८ मत मात्रै मत प्राप्त गरेका छन्।
त्यस्तै कुल १ लाख ३९ हजार ५६० मतदाता रहेको रूपन्देही १ मा ९५ हजार ९ सय ८७ मत खसेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए।
क्षेत्र नम्बर १ को मतगणना देवदह क्याम्पस शितलनगरमा भइरहेको छ।