अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले १२ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणामअनुसार रायमाझीले ४०६८ मत ल्याउँदै अग्रता कायम गरेका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले २८०७ मत प्राप्त गरेकी छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रायमाझी नै विजयी भएका थिए। त्यो बेला उनी माओवादी केन्द्रमा थिए। पछि नेकपा फुटेपछि रायमाझी माओवादी त्याग गरी एमालेमै बसेका थिए।
अर्घाखाँचीमा प्रदेशसभाको मतगणना पनि जारी छ। अर्घाखाँची (क) मा हालसम्म ६२३४ मतगणना हुँदा नेकपा एमालेले ३५०० र राष्ट्रिय जनमोर्चाले २४२३ मत ल्याएको छ।